बारा प्रहरीले कारबाट २१,६०० वटा ट्रामाडोल र ७६ बोतल ओनेरेक्ससहित दुई भारतीय नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250530_131332635

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयअगाडि चेकप्वाइन्टमा विशेष सूचनाका आधारमा गरिएको निगरानीमा ठूलो परिमाणको लागूपदार्थ बरामद गरिएको छ। मिति २०८२ जेष्ठ १५ गते बिहान ११:४० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको BR 01 BU 3485 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्दा कारको विभिन्न भागमा लुकाएर राखिएको प्रतिबन्धित लागूपदार्थ बरामद गरेको हो।प्रहरीले सो कारको पछाडिको सिटमुनि, दायाँबायाँ ढोकामा फल्स बटम बनाई राखिएको Tramadol Hydrochloride क्याप्सुल २१६० पत्ता (कुल २१,६०० ट्याबलेट) र कारको बायाँ साइडको अगाडिको ढोका तथा पछाडिको ढोकाको पल्लाभित्र लुकाइएको १०० मि.लि.को ONEREX लेखिएको ७६ बोतल बरामद गरेको छ।लागूपदार्थसहित पक्राउ परेकामध्ये एक जना भारतको भैसाली जिल्ला, ग्राम हुसेनाराके वडा नं.१२ का २७ वर्षीय कार चालक धिरज कुमार सिंह रहेका छन् भने अर्का भारतकै मोतिहारी जिल्ला, ग्राम कटगेनवा वडा नं.२ निवासी १८ वर्षीय चन्दन कुमार पटेल रहेको प्रहरीले जनाएको छ। दुबै जनालाई लागूपदार्थसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी प्रहरीद्वारा दिइएको छ।

ताजा खबर

लोकप्रिय

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च बाराको तदर्थ समिति गठन

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च नेपालको बारा जिल्ला तदर्थ समिति गठन भएको छ । मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर शर्माको विशेष उपस्थितिमा परवानीपुरमा भएको

पुरा पढ्नुहोस >

बिश्रामपुर गाापाको १७ औ गाउँसभा सम्पन्न, ३२ करोड १० लाखको बजेट प्रस्तुत

बिश्रामपुर गााउँपालिकाको १७ औ गाउँसभा शनिबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा नै एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को बजेट ३२ करोड १० लाख

पुरा पढ्नुहोस >

बगरमा गाडिएको अवस्थामा ११ सय किलो गाँजा फेला, प्रहरीद्वारा अनुसन्धान तीव्र

विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर

पुरा पढ्नुहोस >