रौतहटको परोहा नगरपालिकाले ९ औं नगर सभा भव्यताका साथ मंगलवार सम्पन्न

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250624-WA0009

रौतहटको परोहा नगरपालिकाको प्रशासकीय भवनमा मंगलबार आयोजित ९ औं नगरसभाका बिच नगरप्रमुख शेख वकिले अगामी आर्थीक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रमको साथ आर्थीक आय व्यय सार्वजनिक गर्नु भएका छन् ।नगर सभाको सम्बोधन गर्दै मेयर वकिलले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, समाजिक विकास तर्फ लगायत सबै क्षेत्रमा उल्लेखनिय प्रगति गर्दै परोहा नगरपालिकाका राज्यमै एउटा उदाहरणको रुपमा उभिदै गएको हुँदा यो सबै स्थानीय नागरिकको कारण सम्भव भएको बताए ।नगरप्रमुख वकिलले अगामी आर्थीक बर्ष २०८२ र २०८३ मा संघिय, प्रदेश र आन्तरिक आय गरेर ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाको बजेट प्रस्तुत गर्नु भएका छन् ।कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायतका आवश्यक सम्पूर्ण पूर्वाधारहरुको विकास गरिएको हुँदा यहाँका स्थानीय सरकारबाट प्रवाह भईरहेको सेवाबाट यहाँका नागरिकहरु पूर्ण सन्तुष्ट रहेको बताउनु भएका छन् ।उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्ष र वडा सचिवले ९ औं नगर सभाको पूर्ण सफलताको कामना गर्दै परोहा नगरपालिका स्थापना काल देखि नै विभिन्न विकास निर्माण देखि लिएर हरेक क्षेत्रमा देखाएको अग्रिणी भुमिकाका कारण आज चौतफी सराहना भईरहेको बताए ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >