बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250628-WA0001

बारा, १४ असार । बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ परेका छन। परवानिपुर गाँउपालिका-५ बहुअरी स्थित गण्डक नहरको सडक खण्डमा सवारी साधन तथा पैदल यात्री समेतलाई चेकजाँच गर्ने क्रममा हेटौंडाबाट प्रसौनी गण्डक तर्फ आउदै गरेको प्रदेश ०३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई चेक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाट विशेष सुचनाको आधारमा खटिएको संयक्त प्रहरी टोलिले २ सय १२ किलो ९२८ ग्राम लागु औषध गाँजा बरामद गरेको हो।प्रहरीले मकवानडुरको थाहा नगरपालिका वडा नं. ४ तालुङ बस्ने प्रदेश ०३-०१-०२४ च ४६३० नम्वरको सेतो रंगको पिकअप गाडीको चालक अन्दाजी २८ वर्षीय रबि कार्की,पिकअप गाडीमा सवार सोही पालिका का वडा नं.१२ टिसटुङ बस्ने अन्दाजी ४६ वर्षीय बिर बहादुर गोले, मकबानपुरको हेटौडा नगरपालिका वडा नं. १४ बस्ने उतरपानी बस्ने अन्दाजी २३ वर्षीय साजन मुक्तान र धादिङको थाक्रे गाँउपालिका वडा नं. ७ आपसी चौक बस्ने अन्दाजी ३१ को महेश तामाङलाई पक्राउ गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >