हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Hundi-Karobar

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्श टोलका विनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दिपक कुमार सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वर्णवाललाई वीरगञ्ज महानगरपालिका वडा नं. १० को मकालु चोकबाट नियन्त्रणमा लिइएको थियो। उनको साथबाट कालो झोलामा लुकाइछिपाइ राखिएको ९ लाख ४७ हजार रुपैयाँ बरामद भएको छ। बरामद रकममा १,००० दरका ३२८ थान, ५०० दरका १,२१८ थान र १०० दरका ३०० थान नोटहरू रहेका छन्।

त्यस्तै, विनित कुमार श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित कृषि विकास बैंक लिङ्क रोडबाट पक्राउ गरिएको हो। उनको कालो झोलाबाट १५ लाख ८१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। यसमा १,००० दरका ९७३ थान र ५०० दरका १,२१६ थान नोटहरू समावेश छन्।

अवैध हुण्डी रकमसहित पक्राउ पर्ने तेस्रो व्यक्ति दिपक कुमार सोनारलाई वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकबाट नियन्त्रणमा लिइएको थियो। उनी ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार थिए। प्रहरीले उनको पाइन्टको खल्तीबाट ३ लाख रुपैयाँ बरामद गरेको छ, जसमा १,००० दरका २०० थान र ५०० दरका १०० थान नोटहरू छन्।

पक्राउ परेका तीनै जनालाई अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) बमोजिम कसुरमा मुद्दा चलाइएको छ।

प्रहरीले पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ। यसबाट अवैध हुण्डी सञ्जालमा संलग्न अन्य व्यक्ति तथा गिरोहको पहिचान भई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ। पर्सा प्रहरीले अवैध हुण्डी नियन्त्रणका लागि आफ्नो अभियान जारी रहने बताएको छ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >