खण्डहर गजामा घर खोज्दै फर्किए हजारौं प्यालेस्टिनी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaza-return-(8)-1760236582

गजामा युद्धविराम गर्ने सहमति भएपछि त्यहाँबाट विस्थापित भएका हजारौं प्यालेस्टिनीहरू फर्कन थालेका छन्।

इजिप्टमा विहीबार भएको अप्रत्यक्ष वार्तामा युद्धविराम गर्ने सहमति जुटेको भोलिपल्टैदेखि गजामा मानिसहरू फर्कन थालेका हुन्।

 शनिबार अबेरसम्म २ लाखभन्दा बढी मानिसहरू गजा फर्किएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

इसराइलले भीषण आक्रमण गरेपछि विस्थापित भएकाहरू पैदल नै गजा सिटी फर्किन थालेका हुन्।

गजा फर्किएकाहरु आफ्नो घर खोजिरहेका छन्। तर इसराइली हमलाबाट ध्वस्त बनेको गजामा कुनै घर सग्ला नभेटिएपछि उनीहरू निराश बनेका छन्।

२ वर्षअघिसम्म सग्लो रहेको सहर अहिले खण्डहर बनेको उनीहरूले भेटेका छन्।

‘हामीले धेरै मानिसहरूलाई उत्तरतर्फ फर्कँदै गरेको देखेका छौं। तर उनीहरूले आफ्नो घरको ठाउँमा भग्नावशेषमात्रै भेटिरहेका छन्। यो भावनात्मक रूपमा अत्यन्त कठिन परिस्थिती हो,’ संयुक्त राष्ट्रसंघको मानवीय कार्यालयकी प्रवक्ता ओल्गा चेरेभ्कोले न्यूयोर्क टाइम्ससँग भनिन्।

त्यसरी पैदल नै फर्किएकी मनाल मुफ्ताहले पनि आफूहरू फर्किए पनि सबै गुमाएको बताइन्।

‘हामी फर्कियौं, तर यो सहर अब हाम्रो सहरजस्तो लाग्दैन। हामीले सबै कुरा गुमायौं,’ उनले भनिन्।

३३ वर्षीया मनाल युद्धअघि बेकर थिइन्।

‘यदि यो युद्धविराम स्थायी भयो भने फेरि व्यवसाय सुरु गर्नेछु, तर पुरानो गाजालाई फिर्ता ल्याउन दशक लाग्न सक्छ,’ उनको भनाइ उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ।

हेर्नुस् तस्बिरमाः 

gaza-return-(8)-1760236582.jpg
gaza-return-(2)-1760236580.jpg
gaza-return-(5)-1760236582.jpg
gaza-return-(6)-1760236582.jpg
gaza-return-(1)-1760236580.jpg
gaza-return-(4)-1760236581.jpg
gaza-return-(7)-1760236582.jpg
gaza-return-(3)-1760236581.jpg

ताजा खबर

लोकप्रिय

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >

‘चाकडी होइन, इमानदारीको बाटो’: एसपी रविन कार्की: ‘शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन

’धिरज यादवरौतहट, मंसिर १८।नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता

पुरा पढ्नुहोस >