खण्डहर गजामा घर खोज्दै फर्किए हजारौं प्यालेस्टिनी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaza-return-(8)-1760236582

गजामा युद्धविराम गर्ने सहमति भएपछि त्यहाँबाट विस्थापित भएका हजारौं प्यालेस्टिनीहरू फर्कन थालेका छन्।

इजिप्टमा विहीबार भएको अप्रत्यक्ष वार्तामा युद्धविराम गर्ने सहमति जुटेको भोलिपल्टैदेखि गजामा मानिसहरू फर्कन थालेका हुन्।

 शनिबार अबेरसम्म २ लाखभन्दा बढी मानिसहरू गजा फर्किएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

इसराइलले भीषण आक्रमण गरेपछि विस्थापित भएकाहरू पैदल नै गजा सिटी फर्किन थालेका हुन्।

गजा फर्किएकाहरु आफ्नो घर खोजिरहेका छन्। तर इसराइली हमलाबाट ध्वस्त बनेको गजामा कुनै घर सग्ला नभेटिएपछि उनीहरू निराश बनेका छन्।

२ वर्षअघिसम्म सग्लो रहेको सहर अहिले खण्डहर बनेको उनीहरूले भेटेका छन्।

‘हामीले धेरै मानिसहरूलाई उत्तरतर्फ फर्कँदै गरेको देखेका छौं। तर उनीहरूले आफ्नो घरको ठाउँमा भग्नावशेषमात्रै भेटिरहेका छन्। यो भावनात्मक रूपमा अत्यन्त कठिन परिस्थिती हो,’ संयुक्त राष्ट्रसंघको मानवीय कार्यालयकी प्रवक्ता ओल्गा चेरेभ्कोले न्यूयोर्क टाइम्ससँग भनिन्।

त्यसरी पैदल नै फर्किएकी मनाल मुफ्ताहले पनि आफूहरू फर्किए पनि सबै गुमाएको बताइन्।

‘हामी फर्कियौं, तर यो सहर अब हाम्रो सहरजस्तो लाग्दैन। हामीले सबै कुरा गुमायौं,’ उनले भनिन्।

३३ वर्षीया मनाल युद्धअघि बेकर थिइन्।

‘यदि यो युद्धविराम स्थायी भयो भने फेरि व्यवसाय सुरु गर्नेछु, तर पुरानो गाजालाई फिर्ता ल्याउन दशक लाग्न सक्छ,’ उनको भनाइ उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ।

हेर्नुस् तस्बिरमाः 

gaza-return-(8)-1760236582.jpg
gaza-return-(2)-1760236580.jpg
gaza-return-(5)-1760236582.jpg
gaza-return-(6)-1760236582.jpg
gaza-return-(1)-1760236580.jpg
gaza-return-(4)-1760236581.jpg
gaza-return-(7)-1760236582.jpg
gaza-return-(3)-1760236581.jpg

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >