जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bipin_joshi_0bHZh1Rnsi

हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी पनि समेटेको छ ।

दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान छ । हालै भएको हमास–इजरायल युद्धविरामसँगै बन्धकहरु रिहा हुँदैछन् । त्यसैक्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको छ ।

जोशी दुई वर्षअघि सन् २०२३ अक्टोबार ७ तारिखमा आक्रमण शुरु हुनु एक महिना अघि नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ गाजामा अहिले जीवित एक मात्र गैर–इजरायली बन्धक रहेको वासिङ्टन पोस्टको खबरमा उल्लेख छ ।

अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो । विपीनको रिहाइका लागि निरन्तर पहल हुँदै आएको छ । उहाँको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिल समेत गरेको थियो ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गर्नुभएको थियो । त्यसैअनुसार सम्झौता कार्यान्वयनको चरणमा छ । युद्धविराम सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा हुनेछन् ।

ताजा खबर

लोकप्रिय

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >

‘चाकडी होइन, इमानदारीको बाटो’: एसपी रविन कार्की: ‘शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन

’धिरज यादवरौतहट, मंसिर १८।नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता

पुरा पढ्नुहोस >