टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको देखिएका व्यक्ति पुगे प्रहरी कार्यालय

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
TOB

२६ असोज, । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् ।

आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका हुन् । उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । त्यसपछि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो ।प्रहरीसँग उनले पेस्तोल बोकेको उक्त भिडिओ जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् । सुटिङको क्रममा खिचिएको उक्त भिडिओमा देखिएको पेस्तोल नक्कली रहेको दाबी उनीहरुले गरेको प्रहरी स्रोतले बतायो ।

टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।यसबारे अनुसन्धान अघि बढाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >