वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
akhatiyar

 वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, बोडे घर भएका दाहाल काठमाडौंस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत थिए । उनले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्दा घुस रकम लिएको उजुरीका आधारमा अख्तियारले निगरानी गरेको थियो।आयोगका अनुसार दाहालले बिल भुक्तानीका क्रममा रिसवतका रूपमा रकम लिई कार्यकक्षमै लुकाइराखेको अवस्थामा पक्राउ गरिएको हो ।

उनको कार्यकक्षबाट एक लाख २० हजार ८५० नगद, मोबाइल फोन १ थान, र संबन्धित कागजातहरू बरामद गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार दाहालविरुद्ध घुस/रिसवतसम्बन्धी मुद्धामा थप अनुसन्धान अघि बढाइएको छ ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >