गरिबका छोराछोरीको भविष्यसँग खेलबाड ! विश्रामपुरका युवाको सूचना माग — विद्यालयको अनियमितता उजागर गर्ने अभियान सुरु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20251013-WA0164

बारा । शिक्षामा भइरहेको चरम अनियमितता र उदासीनता विरुद्ध विश्रामपुर गाउँपालिकाका युवा बिराज यादवले सूचनाको हक ऐन प्रयोग गर्दै गाउँपालिकाका सबै विद्यालयसम्बन्धी विवरण माग गर्दै औपचारिक निवेदन दर्ता गरेका छन्।उनले २०८१ सालमा एसईई (SEE) परीक्षा दिएका विद्यार्थीहरूको नतिजा, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, र शिक्षकहरूको परिचयपत्र सहितका सम्पूर्ण विवरण माग गरेका छन्। यादवले भनेका छन्, “निशानपुर लगायतका विद्यालयहरूमा तीन–तीन जना मात्र विद्यार्थी पास हुनु — यो शिक्षाको अपमान हो। शिक्षकले जिम्मेवारी नलिँदा गरिबका छोराछोरीको भविष्य अन्धकारमा परेको छ।”यस्तो साहसी कदमले गाउँपालिकामा पारदर्शिता र जवाफदेहिताको मागलाई तीव्र बनाएको छ। यादवले यसलाई व्यक्तिगत स्वार्थ नभई शैक्षिक सुधारको जनअभियानको रूपमा अघि बढाइरहेका छन्।स्थानीय बासिन्दाहरूले पनि उनको यो कदमलाई ‘सिस्टम हल्लाउने युवाको आवाज’ भन्दै स्वागत गरेका छन्। नेपालभरका युवाहरूले समेत सूचनाको हक प्रयोग गरेर विद्यालयमा भइरहेको भ्रष्टाचार, लापरबाही र मनपरीतामा आवाज उठाउनुपर्ने माग उठाएका छन्।👉 “शिक्षकले तलब लिन्छन्, तर विद्यार्थी असफल हुन्छन् — अब प्रश्न सोध्ने समय आएको छ,” बिराज यादवको कडा चेतावनी।

ताजा खबर

लोकप्रिय

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >

‘चाकडी होइन, इमानदारीको बाटो’: एसपी रविन कार्की: ‘शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन

’धिरज यादवरौतहट, मंसिर १८।नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता

पुरा पढ्नुहोस >