गरिबका छोराछोरीको भविष्यसँग खेलबाड ! विश्रामपुरका युवाको सूचना माग — विद्यालयको अनियमितता उजागर गर्ने अभियान सुरु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20251013-WA0164

बारा । शिक्षामा भइरहेको चरम अनियमितता र उदासीनता विरुद्ध विश्रामपुर गाउँपालिकाका युवा बिराज यादवले सूचनाको हक ऐन प्रयोग गर्दै गाउँपालिकाका सबै विद्यालयसम्बन्धी विवरण माग गर्दै औपचारिक निवेदन दर्ता गरेका छन्।उनले २०८१ सालमा एसईई (SEE) परीक्षा दिएका विद्यार्थीहरूको नतिजा, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, र शिक्षकहरूको परिचयपत्र सहितका सम्पूर्ण विवरण माग गरेका छन्। यादवले भनेका छन्, “निशानपुर लगायतका विद्यालयहरूमा तीन–तीन जना मात्र विद्यार्थी पास हुनु — यो शिक्षाको अपमान हो। शिक्षकले जिम्मेवारी नलिँदा गरिबका छोराछोरीको भविष्य अन्धकारमा परेको छ।”यस्तो साहसी कदमले गाउँपालिकामा पारदर्शिता र जवाफदेहिताको मागलाई तीव्र बनाएको छ। यादवले यसलाई व्यक्तिगत स्वार्थ नभई शैक्षिक सुधारको जनअभियानको रूपमा अघि बढाइरहेका छन्।स्थानीय बासिन्दाहरूले पनि उनको यो कदमलाई ‘सिस्टम हल्लाउने युवाको आवाज’ भन्दै स्वागत गरेका छन्। नेपालभरका युवाहरूले समेत सूचनाको हक प्रयोग गरेर विद्यालयमा भइरहेको भ्रष्टाचार, लापरबाही र मनपरीतामा आवाज उठाउनुपर्ने माग उठाएका छन्।👉 “शिक्षकले तलब लिन्छन्, तर विद्यार्थी असफल हुन्छन् — अब प्रश्न सोध्ने समय आएको छ,” बिराज यादवको कडा चेतावनी।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >