ड्राइपोर्ट बहुवरी ट्राफीक प्रहरी ड्युटी भन्दा बढी रकम असुलीमा ब्यस्त

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20251031-WA0023

पर्सामा ट्राफिक प्रहरीले चेकजाँचको बहानामा अवैध रुपले रकम असुल्दै आएका छन। पर्साको ड्राइपोर्ट बहुवरिमा रहेका ट्राफिक प्रहरीले चेकजाँचको बहानामा सवारीसाधनहरु सित पैसा उठाईरहेको समाचार प्राप्त भएको छ ।ट्राफीक प्रहरी का प्रहरी सहायक नायब निरीक्षक धर्मेन्द्र झा अहिले आईसिपी भन्सार र सुख्खा बन्दरगाह बाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने अथवा विभिन्न सवारीसाधनहरुबाट ट्राफिक प्रहरीले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको छन्।सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै मुख्य बाटोमै मालबाहक सवारीसाधनहरुलाई रोकी रकम असुली गर्दे आएको खुलेको छ। मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत ड्राइपोर्ट बहुवरी लगाएत विभिन्न ठाउँमा रहेका कलकारखानाहरु बाट ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ड्राईपोर्ट का ईन्चार्जहरु परिवर्तन हुने गरेको छ। अनेकौ भारतिय चालकले भने ट्राफिक प्रहरीले हामिलाई अनावशयक रुपले राेकेर विभिन्न किसिमको कागज पत्र दिनु भन्छन हामीले आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर प्रहरीले विभिन्न किसिमको डर धाक देखाई १हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेको छ। प्रत्येक दिन हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको अनेकौ चालकहरूले बताएका छन्।अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।यसै विषयमा थप अनुसन्धान र सूचना, प्रमाण जुटाउन पुगेका पत्रकारको क्यामेरा खोस्नु, भिडियो डिलेट गर्नु आपतिजनक विषय हो। बिहीबार भएको ट्रक र कार कोे दुर्घटना भएपछि पत्रकार बलिराम श्रीवास्तव त्यहाँ रिपोर्टिङ गर्न जाँदा ट्राफिक प्रहरीले आफ्नो गल्ती स्वीकार्नु भन्दा पहिला पत्रकारले खिचेका भिडियो डिलेट गराउन व्यस्त भएका थिए। क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया र जिल्ला ट्राफिक कार्यालय पर्साको प्रमुखहरुको नाऊमा समेत रकम असुल्ने गरेको स्रोतले जनाएको छ।यस्ता गतिविधि हुँदै आएपनि ट्राफिक कार्यालय मधेश प्रदेशका प्रमुख र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख दुबै जना कानमा तेल हालेर बस्नु शंकाको बिषय बनेको छ।यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

ताजा खबर

लोकप्रिय

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >

‘चाकडी होइन, इमानदारीको बाटो’: एसपी रविन कार्की: ‘शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन

’धिरज यादवरौतहट, मंसिर १८।नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता

पुरा पढ्नुहोस >