जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20251215-WA0009

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ। यो घटना केवल घरेलु झगडा होइन, मानवता माथिको क्रूर प्रहार हो।जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादव तथा उनका बहिनीहरू पुनम यादव र अमृता यादव लाई जिल्ला अदालतले दोषी ठहर गरेको छ। अदालतले उनीहरूलाई तीन–तीन महिना कैद, जनही रु. १०,००० क्षतिपूर्ति र रु. २,५०० जरिवाना तोकेको छ। ढिलो भए पनि न्यायले बाटो भेटेको छ।पाप धुरीबाट कराउँछ भन्ने उक्ति यस फैसलाले फेरि प्रमाणित गरेको छ। शक्ति, पद र पहुँच भए पनि अन्याय सधैं लुक्दैन। न्याय ढिलो आउन सक्छ, तर मरेको हुँदैन—यो फैसला त्यसको सजीव उदाहरण हो।गर्भवती हरिणलाई समेत बाघले शिकार गर्दैन, तर मानव भएर जन्मिएका यी नन्दहरूले गर्भवती भाउजुलाई यति निर्दयी रूपमा कुटे कि पेटमै रहेको निर्दोष जीवनले संसार देख्न नपाई सास त्याग्नुपर्‍यो। यो दृश्य सम्झँदा नै रौं ठाडा हुन्छन्।सबैभन्दा पीडादायक प्रश्न यही हो—शिक्षाको नाममा समाजलाई नैतिकता सिकाउने कुर्सीमा बसेकाबाट यस्तो हैवानियत कसरी सम्भव भयो? महिलामाथि महिला नै बनेर गरिएको यो हिंसा केवल एक परिवारको कलंक होइन, सम्पूर्ण सभ्य समाजका लागि लज्जास्पद दाग हो।यो फैसला केवल सजाय होइन, चेतावनी हो।महिला हिंसा, घरेलु अत्याचार र गर्भमै हत्या जस्ता जघन्य अपराधमाथि अब सहनशीलता होइन, कठोर कानुनी कारबाही आवश्यक छ। मौनता अपराधको साथ हो—अब आवाज उठाउनैपर्छ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >