वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20251218_173812203

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँ रहेको छ।विशेष सूचनाको आधारमा मिति २०८२ साल ९ महिना ३ गते दिउँसो करिब १२ः३० बजे वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्रीमा प्रहरी टोली खटिएको थियो। वीरगञ्ज भन्सार कार्यालयबाट महोत्तरीको बर्दिवासतर्फ लैजान पैठारी गरिएको दुई कन्टेनर सुपारी अवैध रूपमा अनलोड भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोलीले छापा मारेको हो।छापाका क्रममा ना.७ ख ७४२० नम्बरको टेलर ट्रकमा रहेको ESCU9000479 नम्बरको ‘एक्सप्रेस वे’ लेखिएको कन्टेनर अनलोड हुँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। साथै, अनलोड गर्नका लागि रोकी राखिएको ना.४ ख ६८३२ नम्बरको १४ चक्के टेलर ट्रकमा रहेको ESCU9000606 नम्बरको कन्टेनर समेत नियन्त्रणमा लिइएको छ।प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा ना.७ ख ७४२० नम्बरको टेलर ट्रक चालक बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय रामभरोस महरा र ना.४ ख ६८३२ नम्बरको १४ चक्के टेलर ट्रक चालक बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–१९ निवासी ५१ वर्षीय रामप्रसाद यादवलाई पक्राउ गरेको हो।बरामद गरिएको करिब १८ सय बोरा सुपारी, दुवै ट्रक तथा कन्टेनरसहितको कुल मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबर आँकलन गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >