पर्साबाट हुण्डीको १० लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
607950474_905280735770683_6502352010493144535_n

पर्सा । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा १० लाखभन्दा बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरवाना निवासी २२ वर्षीय पवनकुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्। उनीहरूलाई जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ गडैयाटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार भारतबाट ना. १६ प ३०२० नम्बरको मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका उनीहरूलाई गडैयाटोलमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रु. १०,०२,०१० (दश लाख दुई हजार दश रुपैयाँ) नगद रकम बरामद गरिएको हो। बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >