बिश्रामपुर गापा–४ बलिरामपुर बोर्डरमा सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसरमा झण्डा मार्च हस्तान्तरण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260122_161146868

पर्सा/बारा — बिश्रामपुर गाउँपालिका वडा नं. ४ स्थित बलिरामपुर बोर्डरमा सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च तथा विशेष कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बिश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको उपस्थिति रहेको थियो।साथै, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्ट, सशस्त्र प्रहरी बल नं. १२ गणका डिएसपी विक्रममणि, भारतीय सीमा सुरक्षा बल (SSB) सहदेवा ४७ बटालियन ‘एल’ कम्पनीका उत्तम कुमार सिंह, रजक मिश्रलगायतको सहभागिता रहेको थियो।झण्डा मार्च तथा औपचारिक कार्यक्रम सशस्त्र प्रहरी बल बारा र पर्साबीच हस्तान्तरणसहित करिब १५० देखि १६० जनाको सहभागितामा सम्पन्न भएको हो। कार्यक्रम आज दिउँसो १४:०० बजे औपचारिक रूपमा समापन भएको जनाइएको छ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >