दान गरिएको जग्गामा बनेको माधवनारायण नगरपालिकाको भवन अन्तिम चरणमा, छिट्टै सञ्चालनमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260123_080923858

रौतहट — माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले दान गरेको करोडौँ रुपैयाँ मूल्य बराबरको निजी ५ कठ्ठा जग्गामा निर्माण भइरहेको नगरपालिका भवन अन्तिम चरणमा पुगेको छ। भवन अब केही दिनमै औपचारिक रूपमा सञ्चालनमा आउने तयारीमा छ।लामो समयदेखि चुनावी एजेन्डाको रूपमा उठ्दै आएको नगरपालिका भवन निर्माण अब बहसको विषय नभई विकासको ठोस नतिजाका रूपमा देखिएको छ। नगरप्रमुख यादवले आफ्नो निजी जग्गा दान गरी निर्माण कार्य अघि बढाएपछि नगरपालिकाको भवनसम्बन्धी समस्या स्थायी रूपमा समाधान हुने दिशामा पुगेको हो।नयाँ भवन सञ्चालनमा आएपछि नगरपालिकाका प्रशासनिक सेवा एकै स्थानबाट प्रवाह हुनेछन्, जसले सेवाग्राहीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। यससँगै नगरपालिका भवन निर्माणसम्बन्धी एजेन्डा स्वतः समाप्त भएको नगरपालिकाले जनाएको छ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >