नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260411_073347275

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन खटाइएका प्रहरी सहायक हवल्दार धर्मेन्द्र साहमाथि सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिने, डर–त्रास देखाउने तथा अवैध रकम असुली गर्ने आरोप लागेको हो।स्थानीयका अनुसार साहले पर्साको सीमावर्ती क्षेत्र ईनार्वा गाउँ, वीरगञ्ज भन्सार आसपास तथा बाराको छातवा, मुशहार्वा र बलिरामपुर नाकाबाट तस्करीका सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिहरूसँग मिलेमतो गर्दै सानोदेखि ठूला व्यापारीसम्मलाई बाटोमै रोकी “महिनावारी” असुल्ने गरेको आरोप छ। नाम नछाप्ने सर्तमा एक व्यापारीले घुमुवा प्रहरीले खुल्लमखुल्ला चौकी इन्चार्जको नाममा रकम उठाउने गरेको बताएका छन्।ईलाका प्रहरी कार्यालय नागवाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुनिल झाको निर्देशनमै सहायक हवल्दार साह परिचालित रहेको र उनीमार्फत ट्रान्सपोर्ट व्यवसायी तथा गोदाम सञ्चालकहरूबाट समेत नियमित रकम असुल्ने गरिएको एक ट्रान्सपोर्ट व्यवसायीको दाबी छ। उनका अनुसार रेल्वे रोड र बसपार्क क्षेत्रमा रहेका गोदामहरूमा पुगेर विभिन्न आरोप लगाउँदै डर देखाई लाखौं रुपैयाँ असुली हुँदै आएको छ।स्थानीय बासिन्दाहरूका अनुसार सूचना संकलन र शान्ति सुरक्षाका लागि खटाइएका प्रहरी कर्मचारीबाटै यस्ता गतिविधि हुँदा प्रहरी संगठनकै छवि धूमिल बन्दै गएको छ। यता, सम्बन्धित निकायमा जानकारी पुग्दासमेत कुनै कारबाही नभएको भन्दै ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी नायब निरीक्षकसमेत यसमा मौन रहेको आरोप लगाइएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिँदै आएका छन्। तर, नागवा चौकीबाट भने उक्त निर्देशन विपरीत गतिविधि भइरहेको आरोप स्थानीयले लगाएका छन्।यस विषयमा प्रतिक्रिया लिन ईलाका प्रहरी कार्यालय नागवामा सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूले यस घटनाप्रति गम्भीर ध्यान दिन पर्सा प्रहरी नेतृत्व तथा माथिल्लो निकायलाई आग्रह गरेका छन्। उनीहरूले दोषीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >