जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260419_124345050

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र पारेको आरोप लागेको छ।स्थानीय स्रोतका अनुसार कबाड फलाम र रड फ्याक्ट्रीमा दैनिक १०–१५ वटा ट्र्याक्टर सामग्री आउने–जाने क्रममा प्रति ट्र्याक्टर एक हजार रुपैयाँसम्म असुली हुने गरेको बताइएको छ। साथै, फ्याक्ट्रीबाट स्थानीय डिलरहरूसम्म बिना अनलाइन बिल सामग्री पठाउँदा प्रति ट्र्याक्टर पाँच हजार रुपैयाँ उठाइने गरेको दाबी गरिएको छ।व्यापारीहरूका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, बटर तथा चकलेट कारोबारी, चिनी व्यापारी तथा विभिन्न गोदाम सञ्चालकसँग नियमित रूपमा रकम असुली भइरहेको छ। एक स्थानीय व्यापारीले नाम नखुलाउने सर्तमा भने, “मासिक रूपमा रकम नदिएसम्म ढुवानी र कारोबारमै अवरोध सिर्जना गरिन्छ, व्यापार गर्नै कठिन भएको छ।”सूत्रका अनुसार भारतसँग जोडिएका पर्साका विभिन्न नाकाहरू हुँदै अवैध रूपमा भित्रिने सामानहरू जितपुर नाका प्रयोग गरी अन्य जिल्लातर्फ पठाइने गरिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूसँग मिलेमतो गरी मासिक ‘नजराना’ उठाइने गरेको आरोप समेत लगाइएको छ।त्यसैगरी वीरगञ्ज र कलैयाबाट सञ्चालन हुने रात्री बस तथा ट्रान्सपोर्ट सवारीसाधनबाट पनि नियमित रूपमा रकम उठाइने गरेको बताइएको छ। स्रोतका अनुसार ट्रान्सपोर्ट व्यवसायीबाट मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म तथा कपडा कारोबारीबाट मात्रै मासिक ४–५ लाख रुपैयाँसम्म असुली भइरहेको दाबी गरिएको छ।घटनाबारे सम्बन्धित निकायबाट आरोपप्रति निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीय व्यापारीहरूले माग गरेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >