कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260424_142438545

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल बिओपी कवही गोठ र इलाका प्रहरी कार्यालय कवहीगोठका जिम्मेवार अधिकारीहरूकै मिलेमतोमा दैनिक रूपमा ठूलो परिमाणमा अवैध सामान ओसारपसार भइरहेको स्थानीय स्रोतको दाबी छ।स्थानीयका अनुसार सशस्त्र प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय कवहीगोठका प्रमुख प्रहरी नायब निरीक्षक रामकृष्ण यादवको संलग्नतामा करिब ५०–५५ जनाको समूह सक्रिय रूपमा तस्करीमा संलग्न छन्। उनीहरूले भारतबाट कपडा, चकलेट, तेल, हार्डवेयर सामग्री, लागूऔषध (गाँजा), साथै धान, गहुँ र चिनी जस्ता खाद्यान्न सामग्री नेपाल भित्र्याउने गरेका छन्।तस्करहरूले मुख्य रूपमा राति ११ बजेदेखि बिहान ४ बजेसम्मको समय रोज्ने गरेका छन्। उक्त समयमा सामानहरू मोसाबाट बरियारपुर हुँदै कलैया बजारसम्म पुर्‍याइने गरिएको स्थानीयवासीको भनाइ छ। विभिन्न समूहले आ–आफ्नो वस्तु अनुसार तस्करी सञ्चालन गरिरहेका छन्। कपडाको तस्करी खेना यादव, विनोद साह र मिश्नरिलाल यादवले, धान–गहुँको तस्करी विजय यादवले तथा चकलेट लगायतका सामान सुरेन्द्र साह र सियाराम कुशवाहाले गर्ने गरेको आरोप छ।स्थानीयवासीहरूले दिनको समयमा समेत तस्कर समूहले सर्वसाधारणलाई दुःख दिने, धम्क्याउने र त्रास फैलाउने गरेको गुनासो गरेका छन्। “रातभरि तस्करी हुन्छ, दिनमा हामीलाई नै दुःख दिन्छन्, तर सम्बन्धित निकाय मौन छ,” एक स्थानीयले गुनासो गरे।दैनिक लाखौं रुपैयाँ बराबरको तस्करी भइरहेको दाबी गरिए पनि सम्बन्धित सुरक्षा निकायबाट हालसम्म कुनै ठोस कारबाही नभएको भन्दै स्थानीयवासी आक्रोशित छन्। सरकार परिवर्तन हुँदा समेत तस्करी नियन्त्रणमा आउन नसक्नुले सुरक्षा निकायप्रति नै प्रश्न उठेको छ।स्थानीयहरूले तस्करीमा संलग्न व्यक्तिहरू र मिलेमतोमा रहेका सुरक्षा अधिकारीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्। साथै सीमा नाकामा कडाइका साथ निगरानी बढाई अवैध गतिविधि नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन्।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >