विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260619_175057146

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक तुलसी गिरीले आर्थिक लेनदेन गरी तस्करीलाई सहजीकरण गरेको आरोप सार्वजनिक भएको छ।

नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय व्यापारीले बीओपी बरैनियामा खटिएको टोलीका सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक तुलसी गिरीले सुरक्षाकर्मीले तस्करी नियन्त्रणको क्रममा आर्थिक लेनदेन गर्ने गरेको दाबी गरेका छन्।

ती व्यापारीका अनुसार रकम १० हजार देखि २० हजार सम्मा उपलब्ध गराउने समूहप्रति नरम व्यवहार गरिने र रकम नदिने साना व्यापारीको सामान नियन्त्रणमा लिई कारबाहीका लागि बुझाइने गरेको आरोप छ।

उनले ५ लाख देखी १० लाख सम्मा ठूलो मूल्यका सामानको अवैध ओसारपसारमा पनि आर्थिक प्रभावका आधारमा सहजीकरण हुने गरेको दाबी गरेका छन्।

यस्तै, आफूलाई सशस्त्र प्रहरीको घुमुवा (सादा पोसाकमा सूचना संकलन गर्ने) बताउने एक व्यक्तिले समेत विभिन्न तस्करहरूबाट रकम संकलन हुने गरेको भन्ने जानकारी दिएको स्रोतको दाबी छ। तर उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यस विषयमा आरोपित सुरक्षाकर्मी तथा सशस्त्र प्रहरी बलका सम्बन्धित कार्यालयको आधिकारिक प्रतिक्रिया प्राप्त भइसकेको छैन।

त्यसैले आरोपहरूको सत्यता पुष्टि हुन बाँकी छ।सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीमाथि यस्ता आरोप उठ्नु आफैंमा गम्भीर विषय भएकाले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >