पहिरोले भेडेटार-रवि-राँके सडक बन्द, डोजर चालक घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20231210_221043

वीरगंज। मधेश एक्सप्रेस

धनकुटा — भेडेटार–रवि–राँके सडकको साँगुरीगढी गाउँपालिकाको ओख्रे खण्डमा आइतबार साँझ पहिरो जाँदा यातायात आवतजावत बन्द भएको छ । घटनामा एक व्यक्ति घाइते भएका छन् । बाटो निर्माण गर्ने क्रममा भीरको ढुंगा फुटाउँदै गर्दा साँझ करिब ६ बजे अकस्मात पहिरो गएको प्रहरीले जनाएको छ । घटनामा जेसीबी चालक विकास चौधरी घाइते भएका छन् । चौधरीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागि लगिएको छ ।

जेसीबी चालक चौधरीले ढुंगा फुटाउने तथा बाटोमा थुप्रिएका ढुंगा हटाउने क्रममा साँगुरीगढी ५ र ६ नं. वडाको सीमाना ओख्रे क्षेत्रमा पहिरो गएको प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजबाबु महर्जनले जानकारी दिए । पहिरोबाट सडकको करिब ६० मिटर क्षेत्रफलमा क्षति पुगेको छ । धरानबाट धनकुटाको डाँडाबजार, राजारानी, कुरुले, छनंबर बुधबारे लगायतका स्थानमा नियमित यातायात सञ्चालन हुने उक्त क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएको छ ।

घटनास्थलमा रहेका प्रहरी चौकी ओख्रेका सहायक प्रहरी निरीक्षक दिलचन्द साहका अनुसार उक्त स्थानमा दुई वटा जेसीबीले बाटोमा थुप्रिएको पहिरो हटाउने कार्य भइरहेको छ । सडकमा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइरहेको सहायक प्रहरी निरीक्षक साहले बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >