वीरगंज -२५ मङ्सिर // मधेश एक्सप्रेस सशस्त्र प्रहरी बल प्रधान कार्यालय बढुवा समितिको सचिवालयले साधाण समूह साधारण उपसमूहतर्फको रिक्त रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि निवेदन माग गरेको छ । बढुवा समितिको आइबारको निर्णयअनुसार रिक्त रहेका असईका लागि अनुसूची १३ बमोजिमको मूल्यांकन फारम भरि ३ दिनभित्र पेश गर्न सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरुलाई सूचित गरेको छ ।

