सरकारी अनुदानमा किसानलाई हाते ट्र्याक्टर वितरण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hate-tracktor

बीरगंज – ९ पुस।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।

एक कार्यक्रमकाबीच पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरे । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरे ।

भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताए । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उनले भने, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।”

अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताए ।

“गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपथ्र्याे, अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्र्याक्टर पाएका हुन् ।

“बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पथ्र्याे, किन्न सकिने अवस्था थिएन”, उनले भने, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >