१५ लाख बराबरको मोबाइलसहित भन्सार छलेर ल्याइएको एक जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb (3)

बीरगंज – १२ पुस // मधेश एक्सप्रेस ।

 बारा प्रहरीले अवैध रुपमा भन्सार छलेर भारतबाट नेपाल ल्याइएको १५ लाख रुपैयाँ बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बारागढी गाउँपालिका-३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो । बुधबार राति ८ बजे प्रहरीले चौधरीको घरमा छापा मार्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा चौधरीको घरमा छापा मारेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख काफ्लेका अनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान भइरहेको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >