कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hatkari

बीरगंज- १२ पुस // मधेश एक्सप्रेस

कैलाली र कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

दुवै जिल्लाका विभिन्न स्थानबाट बुधबार लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलालीको भजनी नगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

भजनी नगरपालिका-३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका-१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहितका दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका- ३ चौकीडाडाँबाट २२० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ गजरौलाका २६ वर्षीय राजेश लुहार, भीमदत्त नगरपालिका-४ को २ नम्बर गल्लीबाट ०.२४ ग्राम खैरो हेरोइनसहित सोही ठाउँका १८ वर्षीय किशोरसमेतका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णपुर नगरपालिका-८ रैकवार बिचुवाबाट ३.४७ ग्राम खैरो हेरोइनसहित सोही ठाँउ बस्ने २८ वर्षीय हरिश भण्डारीलाई पनि पक्राउ गरिएको छ ।

दुवै जिल्लामा लागुऔषधसहित पक्राउ गरिएका व्यक्तिको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >