एयरपोर्ट ठानेर जमेको नदीमाथि उत्रियो विमान

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Plane-land-on-river-3

बीरगंज -१५ पुस

प्रायः प्राविधिक समस्या तथा पाइलटको गल्तीका कारण ठूला-ठूला विमान दुर्घटनाका घटना हुन्छन् । पाइलटले भुलवश कुनै आवासीय क्षेत्रमा वा सडकमा समेत जहाज अवतरण गराएका घटनासमेत दुनियाँमा सुनिन्छ कहिलेकाही। हालै रुसमा एउटा यस्तै घटना भएको छ, जुन सुन्दैमा डरलाग्दो छ ।

समाचार अनुसार पोलार एयरलाइन्सको एउटा जहाज बिहीबार पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीहरुको भाग्य बलियो रहेछ, किनकि जहाज ओर्लिएको उक्त नदी चिसोका कारण पूर्णरुपमा जमेको थियो ।

सो विमानमा ३० जना यात्रु र ४ जना चालकदलका सदस्य थिए । सो घटनामा विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक लागेको छैन ।

रुसी एयरलाइन्सको विज्ञप्ति अनुसार उक्त जहाज याकुत्स्क-जायर्यंका-स्रेडनेकोलिम्स्क रुटमा उडान भरिरहकेो थियो । एन्टोनोभ २४ फ्लाइट याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलको रनवेमा अवतरण गर्नुको साटो नदीमै अवतरण भयो ।

पोलार एयरलान्सका अनुसार बउक्त घटनाको बारेमा रुसको संघीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक जानकारी अनुसार चालक दलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो ।

उक्त क्षेत्रमा यत्रतत्र बाक्लो हिउँ रहेको र नदी समेत अत्यधिक चिसोका कारण जमेर माथि हिउँ भरिएको कारणले गर्दा जहाज चालकले रनवेको भेउ पाउन नसकेको बताइएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >