बाराको बारागढीमा एक २५ वर्षीया महिला बलात्कृत

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
67992a4e-fa03-11eb-ad7c-a6335a5b370f_1628617942035

वीरगञ्ज । 

बाराको बारागढी गाउँपालिका – ४ निवासी ३५ वर्षीय श्याम साह तेलीले घरमा कोही नभएको मौका छोपी स्थानीय २५ वर्षीय महिलालाई जबरजस्ती गरेको बुझिएको छ । महिलाका अनुसार तेलीले घरमा कोही नभएको बेला आफूसँग करणी गरेको बताएकी छन् ।

पीडित भनिएकी महिला केही समयदेखि माइतीघरमा बस्दै आएकी थिइन । आमा लगायत घरका अन्य सदस्य बाहिर गएको बेला तेलीले आफूसँग बलात्कार गरेको उनको आरोप छ ।

बितेको पुस ३ गते साहले घरमा प्रवेश गरी बलात्कार गरेर फरार रहेको बताउँदै पीडित महिलाले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा पुस ५ गते किटानी जाहेरी समेत दिएकी छन् ।

प्रहरीले पीडित भनिएकी महिलाको कलैयास्थित प्रादेशिक अस्पतालमा मेडिकल जाँच गराएर अनुसन्धान अगाडि बढाएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >