अस्पतालको विवादले सर्लाहीमा बन्दको आह्वान प्रहरीको गोलीबाट एक युवाले गुमाए ज्यान

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
अस्पतालको-विवादले-सर्लाहीमा-बन्दको-आह्वान-प्रहरीको-गोलीबाट-एक-युवाले-गुमाए-ज्यान

बीरगंज – २१ पुस सत्तापक्षीय पाँच दलले आह्वान गरेको बन्दका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर सर्लाहीको बरहथवामा एक युवाको ज्यान गएको छ । एक घाइते भएका छन् । बरहथवा नगरपालिका– ६ का ३२ वर्षीय जयशंकर साहको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका– ८ का अभिषेक राम घाइते छन् । उनको खुट्टामा गोली लागेको छ ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले प्रदर्शनकारीले प्रहरीको हतियार खोस्न र बरहथवा नगरपालिकाका प्रमुखको घरमा आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको दाबी गरे । उनले हवाई फायर गर्दा आन्दोलनकारीको टाउकोमा गोली लागेको पनि जिकिर गरे । ‘आन्दोलनकारीले उग्र भएर प्रहरीको हतियार खोस्ने तथा बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको घरमा आगजनी गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो,’ डिएसपी थारूले भने ।

नगर अस्पताल प्रदेशमातहत लैजानुपर्ने माग राख्दै आन्दोलन थालेका कांग्रेस, जसपा, लोसपा, जनमत पार्टीले शुक्रबार बरहथवा बजार बन्दको घोषणा गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गरेका थिए । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेर आन्दोलनकारीलाई त्यहाँबाट तितरबितर गरेको थियो । त्यसपछि आन्दोलनकारी नगर प्रमुख कटुवालको घरतर्फ अघि बढेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाएको हो । आन्दोलनकारीको आगजनीबाट कटुवालको घरमा क्षति पुगेको छ । उनीहरूले केही निजी सवारीसाधनमा पनि आगजनी गरेका छन् । आगजनीबाट एउटा भारतीय नम्बर प्लेटको कार जलेर नष्ट भएको छ ।

यस्तो थियो झडपको कारण
बरहथवा नगरपालिका– ६ मा निर्माण सम्पन्न १५ शय्याको अस्पताललाई कसको मातहत राख्ने भन्ने विवाद नै शुक्रबारको झडपको मुख्य कारण हो । एमालेबाट निर्वाचित नगर कार्यपालिकाका सदस्यहरू अस्पताललाई नगरपालिकामातहत राख्नुपर्ने तथा कांग्रेससहित अन्य दलबाट निर्वाचित कार्यपालिका सदस्य प्रदेशमातहत लैजानुपर्ने अडानमा छन् । विवाद बढ्दै जाँदा कांग्रेससहित पाँच दलीय गठबन्धनले शुक्रबार बन्दको आह्वान गरेको थियो ।

बरहथवामा कर्फ्यु
स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको आकस्मिक बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो । समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर शुक्रबार साँझ ५:३० बजेदेखि कर्फ्यु आदेश जारी भएको हो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >