बोइङ ७३७ म्याक्स जेटको विमान उडानमा रोक

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
alaska-biman

बीरगंज – २२ पुस। अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सको उडानका क्रममा विमानको एक भाग खसेपछि बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ ।

गत शुक्रबार अलास्का एयरलाइन्सकोे विमान अमेरिकी राज्य ओरेगनबाट क्यालिफोर्नियाका लागि उडान भर्ने क्रममा विमानको एक भाग खसेपछि आतपकालीन अवतरण गरिएको थियो । उक्त घटनालगत्तै कम्पनीले आफ्ना सबै विमानको उडान रोकेर परिक्षण गर्ने जनाएको थियो ।

योसंगै अमेरिकी वायुसेवा नियामक निकायले नै विमान कम्पनीका १ सय ७१ वटै म्याक्स विमानको उडानमा रोक लगाउँदै आवश्यक निरीक्षण थालेको हो । विमान उडानमा रोक लगाइएसँगै करिब ६० उडान रद्द भएका छन् । यी सबै विमानको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिइने बताइएको छ ।

अमेरिकाको पोर्टल्याण्ड ओरेगनबाट ओन्टारियो क्यालिफोर्निया प्रस्थान गरेको अलास्का एयरलाइन्सको बोइङको सिसासहितको एक भाग झरेको थियो । यसपछि फर्काइएको विमान सकुशल आपतकालीन अवतरण गरेको थियो । जहाजमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >