बोइङ ७३७ म्याक्स जेटको विमान उडानमा रोक

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
alaska-biman

बीरगंज – २२ पुस। अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सको उडानका क्रममा विमानको एक भाग खसेपछि बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ ।

गत शुक्रबार अलास्का एयरलाइन्सकोे विमान अमेरिकी राज्य ओरेगनबाट क्यालिफोर्नियाका लागि उडान भर्ने क्रममा विमानको एक भाग खसेपछि आतपकालीन अवतरण गरिएको थियो । उक्त घटनालगत्तै कम्पनीले आफ्ना सबै विमानको उडान रोकेर परिक्षण गर्ने जनाएको थियो ।

योसंगै अमेरिकी वायुसेवा नियामक निकायले नै विमान कम्पनीका १ सय ७१ वटै म्याक्स विमानको उडानमा रोक लगाउँदै आवश्यक निरीक्षण थालेको हो । विमान उडानमा रोक लगाइएसँगै करिब ६० उडान रद्द भएका छन् । यी सबै विमानको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिइने बताइएको छ ।

अमेरिकाको पोर्टल्याण्ड ओरेगनबाट ओन्टारियो क्यालिफोर्निया प्रस्थान गरेको अलास्का एयरलाइन्सको बोइङको सिसासहितको एक भाग झरेको थियो । यसपछि फर्काइएको विमान सकुशल आपतकालीन अवतरण गरेको थियो । जहाजमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >