भारतीय सुटरलाई छुटाई दिन्छु भन्दै १६ लाख रुपैयाँ माग्ने एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240115_071828921-960x540

बीरगंज – १ माध । बाराको कलैयामा झन्डै साढे दुई महिना अगाडि बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय सुटरलाई छुटाई दिन्छु भनेर १६ लाख रुपैयाँ माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा बाराकै महागढीमाई नगरपालिका वडा नम्बर १ का २३ वर्षिय श्यामबाबु साह रहेका छन्।उनलाई प्रहरीले शनिबार पक्राउ गरिएको बाराका उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।प्रहरी उपरीक्षक काफ्लेका अनुसार, साहले शिक्षक स्वर्णकारकाे हत्या आराेपमा पक्राउ परी कारागार चलानसमेत भईसकेका सुजितलाई अदालत र प्रहरीलाई मिलाएर छुटाई दिन्छु भनेर सुजितका बुबा जयमंगल सिंहसंग १६ लाख (भारु१० लाख) रुपैयाँ मागेका थिए ।त्यसमध्ये साहले जयमंगलसंग १ लाख ९२ हजार (भारु १ लाख २० हजार) रुपैयाँ लिइसकेका थिए ।जयमंगलले नै दिएकाे जाहेरी दरखास्तकाे आधारमा साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।पक्राउ गरिएका साहलाई ठगी तथा अपराधिक कृयाकलाप मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेकाे काफ्लेले जानकारी दिए।शिक्षक स्वर्णकारको गाेली हानी हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई पुष १० गते भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट उनकाे खुट्टामा गाेली हानेर पक्राउ गरेकाे थियाे ।स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्वर्णकारकी प्रेमिका राधा गुप्ता र सुटर सिंहसहित सात जनालाई बारा जिल्ला अदालतले पुष २५ गते नै पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएकाे थियाे ।स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो।पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले पुष २५ गते सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।हत्यामा संलग्नमध्येका भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव भने अझै पक्राउ पर्न सकेका छैनन्।यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन्।गत कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरहरुले हत्या गरी फरार भएका थिए।त्यही दिन प्रहरीले उनकी प्रेमिका भनिएकी राधासहित केहीलाई पक्राउ गरेको थियो। तर, मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार भएका थिए।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >