पर्साको प्रसौनीमा शिक्षक कृष्ण पासवान माथी रड प्रहार

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1705482764073

वीरगञ्ज । पर्साको प्रसौनीमा एक जना शिक्षक माथी रड प्रहार भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी निवासी वीरगञ्ज कलेजका शिक्षक कृष्ण पासवान माथी रड प्रहार भएको हो ।

बाटोको बिषयमा दुई पक्ष बिच बिवाद हुँदा सम्झाउन पुगेका पासवनमाथी स्थानिय दिनानाथ तत्वाको छोरी गिता कुमारीले तत्वाले पछाडीबाट रड प्रहार गरेको स्थानियहरुले बताएका छन् ।

पासवानले आफु झण्डामा सहभागी नभएको भएपनि पुरानो रिसवीका कारण हत्या गर्ने उदेश्यका साथ रड प्रहार भएको बताए । उनले दलित भएकै कारण स्थानिय नेताहरुको उस्काहटमा बिगत लामो समयदेखि दलित वस्तीले बाटो नपाएको र पटक पटक बिवाद हुँदै आएको बताए । सोहि बिषयमा आज पनि बिवाद भएको पासवानले बताए ।

रड प्रहारबाट पासवानको टाउँकामा गम्भीर छोट लागेको र उनको वीरगञ्जको नारायणी अस्पातलमा उपचार भइरहेको उनीसँगै अस्पतालमा रहेको शिक्षक रुदल ठाकुरले बताए । अहिले उनी सकुश रहेको र टाउँकोमा ५ वटा टाका लागेको ठाकुरले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारबिक्रम थापाले घटनाको बिषयमा आफुहरुलाई जानकारी नआएको भएपनि घटना बारे जानकारी लिने तथा दोषीहरुलाई कानुनी कारवाही दायरामा ल्याउँने बताए

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >