सवारी दुर्घटनामा चार जनाको ज्यान गयो,  चार मृत फेला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Accident_20220816184519

बीरगंज – १२ माघ :  भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेको बनेपा नगरपालिका-७ धनेश्वर पुलमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो।

रूपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित सडकमा लु.७६ प ८०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ छहरा बस्ने ३२ वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा ना.६ ख २३७३ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ७६ वर्षीया मेनका बर्तौलाको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत अवस्थामा फेला

मोरङको ग्रामथान गाउँपालिका-७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका-८ सेती नदीको किनारमा सोही नगरपालिका-८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारू बिहीबार मृत अवस्थामा फेला परेका छन्।

पर्वतको मोदी गाउँपालिका-५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका-३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय बिष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

स्याङ्जाको हरिनास गाउँपालिका-४ वाङगेश्वरास्थित जंगलमा सोही गाउँपालिका-७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन्

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >