सुत्केरीको मृत्यु भएपछि शव अस्पतालको गेटमा राखेर आफन्तको प्रदर्शन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hut87ty87

बीरगंज – १२ माघ : सिरहा मिर्चैया सहकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्। मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएको आफन्तको भनाइ छ।

परिवारजनले ब्यथा लागर बुधबार साँझ उनलाई अस्पताल लगेका थिए। अस्पताल लगिएपछि बिहीबार बिहान ५ः४५ बजे सुत्केरी पनि भयो। अल्काले छोराको जन्म दिएकी छिन्। तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो। अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको भनाई छ।अन्तिम अवस्थामा भएपछि बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अल्काका श्रीमान्‌ले जनाएका छन्।
चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका छन्। घटनामा संलग्नहरूलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनको छ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >