आयल निगमको लापरवाहीः विद्यालय हिडेका विद्यार्थीको रडमा छेडिएर मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
424569877_364847192952168_1083676943137287894_n

बीरगंज, १७ माघ बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधवार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।

घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालय अगाडी पोलमा भर्‍याङ बनाउन राखिएको रडमा छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोले जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनि विद्यालयको पोशाक लगाएर आयल निगम अगाडी रहेको पार्किङस्थलतर्फ जादै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल संचालन गर्दै आएकी थिईन् । गोले पार्किङ स्थलबाट विद्यालयका लागि बस चढ्ने गरेका थिए । सधैझैं पार्किङ स्थलतर्फ हिडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।

आयल निगमले कार्यालयबाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडी उक्त पोल राखेको थियो । पोलमा चढ्नका लागि रड राखेर भर्‍याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।

अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश पोखेका छन् । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी निगमले लिनुपर्ने बताए । वडाध्यक्ष श्रेष्ठले पीडित परिवारलाई निगमले उचित क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् ।

गोलेको शव शल्यपरीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >