१०० ग्राम खैरो हिरोइन सहित ३ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb (2)

वीरगन्ज — लागूऔषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थसहित पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिका–१६ स्थित सडक खण्डमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले खानतलासी गर्दा १०० ग्राम सेतो हिरोइन जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार सेतो हिरोइन बरामद भएपनि प्रहरीले बुधबार घटना सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– १६ बस्ने ६१ वर्षीय राजबली महतो, ४५ वर्षीय मनोहर महतो र वाराको परवानीपुर गाउँपालिका– ५ निवासी ३७ वर्षीय अवधेश प्रसाद पटेल रहेको प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार शंकास्पद रुपमा बाटोको छेउमा उभिएर ३ जना कुराकानी गरेको देखिएपछि प्रहरी टोलीले खनतलासी गरेको थियो ।

डिएसपी थापाका अनुसार राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागू औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको थियो ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >