लागू औषध गाँजासहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240131_162615-960x540

वीरगंज – १७ माघ । बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं. ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी टोलिले मंगलबार विहान ८:४५ बजे बाराकाे जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.७ स्थित टेढा रोडबाट गिरीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले बताए । 

टेढा रोडदेखि पर्साकाे मिलन चौक तर्फ जादै गरेको पैदल यात्री गिरीलाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको २ वटा झोला भित्र ५/५ किलोको दरले १० किलो लागू औषध गाँजा वरामद भएकाे प्रवक्ता न्याैपानले जानकारी दिए ।

फेला परेकाे लागु औषधसहित गिरीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >