बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा अरुण चौधरीसहित तीनै जना रिहा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pic1_vndV6B3zlo

बीरगंज – २४ माघ | बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् । उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हाजिरी जमानीमा रिहा गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो ।

सीआईबीले तीनै जनालाई माघ १८ गते पक्राउ गरेको थियो । अस्ति सोमवार उनीहरूलाई हिरासतमा राख्न दोस्रो पटक म्याद थप्ने क्रममा जिल्ला अदालत काठमाण्डाैले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो ।

सीआईबीका अनुसार २०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रवर्द्धन सम्झौता भएदेखि नै सरकारी जग्गा निजी स्वामित्वमा पुर्‍याउने खेल शुरु भएको थियो । २०४४ सालमा दुई पटक गरी बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा सारिएको थियो । पछि च्याम्पियन फुटवेयर लिमिटेडलाई कम्पनीमा परिवर्तन गर्दै नामै परिवर्तन गरी चाँदबाग रिसेडन्सीको स्वामित्वमा पुर्‍याइएको सीआईबीले जनाएको छ ।

१० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यक्तिहरू अदालतमा मुद्दा दर्ता नै नभई प्रहरी हिरासतबाटै रिहा भएकै दिन आजकाे प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारले चर्चामा आउने प्रयास मात्रै गरेको आरोप लगाएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले चर्चाका लागि केही मुद्दा उचालेको तर भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउने इच्छाशक्तिका साथ काम नगरेको आरोप लगाउनुभयो । यस्तै बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भए पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >