मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1583836126embost_ueN32aewxm

बीरगंज| मधेस र काेशी प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यी दुवै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेस प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो ।

सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ ।सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।

यस्ता सवारी साधनका धनीले तोकिएको मिति अगाडि नै इम्बोस्ड नम्बर लगाउन चाहेमा भने यातायात कार्यालयले त्यसको अनुमति दिन सक्ने समेत मन्त्रालयले जनाएको छ ।

नम्बरमा प्रदेशको नाम राख्नु पर्ने र यसअघि कोशी र मधेस प्रदेशको नामाकरण नहुँदा सुरुवातमा दुई प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको थिएन ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >