श्रीराम सुगर मिल्स सञ्चालन गराईने : सांसद श्रेष्ठ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240217-140139_Facebook

झण्डै चार वर्षदेखि बन्द रहेको रौतहटको श्रीराम सुगर संघीय सांसद किसान श्रेष्ठले बताएका छन ।

उक्त चिनी मिल्सलाई पुनः सञ्चालनमा ल्याउनका लागि संघीय संसदीय टोलीले शुक्रवार उद्योगमा स्थलगत अवलोकन निरीक्षण गरेको थियो ।

सोही क्रममा बोल्दै सांसद श्रेष्ठले उद्योगलाई कुनै हालतमा पनि संचालन ल्याउने बताएका हुन ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिका संयोजक किसान श्रेष्ठ सहितको टोलीले बन्द अवस्थामा रहेको श्रीराम सुगर मिल्सको अनुगमन निरीक्षण गरेका छन ।

बारा क्षेत्र नम्बर ४ का संघीय सांसद समेत रहेका श्रेष्ठ संसदीय उपसमितिको संयोजक समेत छन । मिल्सको अवलोकन गर्दै मिल्स पुनः सञ्चालन गराउन आफू कुनै कसर बाकी नराख्ने श्रेष्ठले बताए ।

स्रोत साधन एवं उपकरण हुँदाहुँदै मिल्स बन्द गर्नु दुःखद रहेको बताउदै उनले बन्द रहेको यो उद्योगलाई आफुले जसरि भए पनि सञ्चालन गराएर छाड्ने प्रतिबद्धता गरेका छन ।

आफुहरुले देशमा बन्द भएको कयौ चिनी उद्योगलाई पुनः सञ्चालन गराउन सफल भएको संयोजक एवम् सांसद श्रेष्ठले उदाहरण दिएका छन ।

उनले ६ सय भन्दा बढी मजदुर र कर्मचारीलाई रोजगारी दिने तथा १६ हजार भन्दा बढि किसानहरु लाभान्वित हुने यो सुगर मिल्स जसरि भएपनि सञ्चालन गराउने बिश्वास दिलाएका हुन

स्थलगत अनुगमनपछि आफूहरूले उद्योग चलाउन सकिने प्रचुर सम्भावना देखेकोले अलि ढिलो भएपनि मिल्स सञ्चालन गराउने संयोजक श्रेष्ठले बताए ।

मिल्द बन्द हुँदा धेरै श्रमिक र कर्मचारी रोजगारि गुमाएको र हजारौ किसान प्रभावित हुन पुगेकोले उद्योगीले कुनै हालतमा मिल्स सञ्चालन गर्नुपर्ने उनले धारणा राखेका छन ।

२०५१ साल पुस २४ गतेदेखि उखु क्रसिङसँगै सञ्चालनमा आएको श्रीराम सुगर मिल्स २०७७ साउन ११ गतेबाट बन्द अवस्थामा रहेको छ । जिल्लाको सबैभन्दा ठूलो उद्योगको रूपमा स्थापित उद्योगलाई मिल प्रशासनले चार वर्षअघि एउटा सूचना जारी गर्दै सधैका लागि बन्द भएको घोषणा गरेको थियो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >