चार जिल्लाका तीन सय १० सहकारी संस्था सम्पर्कविहीन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sahakari

मधेस प्रदेशका चार जिल्लाका तीन सय १० वटा सहकारी संस्थाहरु सम्पर्कबिहीन भएका छन् ।

भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका अनुसार चार जिल्लामा मात्रै रहेका यी सहकारी संस्थाहरु सम्पर्क बिहीन रहेका हुन् ।

धनुषा,महोतरी,सिराहा र सप्तरी गरि चार जिल्लाका सहकारीहरु सम्पर्कबिहीन रहेका हुन । बितेको चैत १८ गते मन्त्रालयले प्रदेशमा रहेका आठ मध्ये धनुषा,महोतरी,सिराहा र सप्तरी गरि चार जिल्लाका सहकारीहरुलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।तीन सय १० वटा सहकारीहरु सम्पर्कमा आउन भनिएको छ ।यी सहकारीहरुले हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको जनाइएको छ । कुनै कोपोमिस प्रणालीमा आबद्ध नभएको पाइएको छ ।आबद्ध भएपनि प्रतिबेदन पेश गर्ने लगायतका कार्यहरुमा निष्क्रिय रहेको पाइएको छ । कार्यालयबाट पटक पटक ताकेता गर्दापनि तदारुकता नदेखाएकोले सम्पर्कमा आउन सूचना मार्फत भनिएको छ ।यी सहकारी संस्थाहरु मध्ये थुप्रै सहकारीहरुको प्रमाणपत्र नै नभेटिएको सूचनामा जनाइएको छ । यी चार जिल्लाका सहकारीहरुमा यस्तो देखिएकोे मन्त्रालयका शाखा अधिकृत सुनिल थापाले जानकारी दिए ।सूचना जारी गरिएपछि केही सहकारीहरु सम्पर्कमा आउन थालेको उनले जनाए । केहीले कागजपत्रहरु पेश गरेको उनले बताए ।हालसम्म जिल्ला स्थित डिभिजन सहकारीहरुको विवरण अनुसार मधेस प्रदेशमा आठ सय २२ वटा सहकारी सस्थाहरु रहेकोमा सो मध्ये करिब ६ सय संस्थाहरु कुनन अवस्थामा छन के गर्दैछन भन्ने बिषयमा मन्त्रालयमा जानकारी नरहेकोे थापाले बताए ।उनले सहकारीलाई नियमन गर्न प्रदेश स्थित भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको बताए ।प्रदेश सरकारले सहकारी सम्बन्धी नियमावली तयार पारेर सहकारीको नियमनको लागि रजिष्ट्रारको कार्यालय समेत स्थापना गरिसकेको थापाको भनाई छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >