सशस्त्र प्रहरी पर्साद्वारा १५ लाखको भन्सार छलीका सामान भन्सार दाखिला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
prahari

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका – १६ भन्सार मेन गेट वरपरको इलाकाबाट १५ लाख बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर वीरगञ्जका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको कपडा, इलेकट्रोनिक्स, कस्मेटिक, खाद्यान्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टसहरू र एम्बिसन/कस्तुरी मदिरालगायतका सामानहरू र उक्त सामानहरू ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकल र एउटा स्कुटर समेत नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएको उक्त सामग्रीहरूको १५ लाख ३४ हजार ४ सय ६६ रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >