महिलाको हत्या पश्चात् शवको टुक्रा-टुक्रा गरी फालियो, श्रीमान् र जेठाजु पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
D0B39D8A-72CD-4984-852C-6B2AF9447114.2022-10-06-05-26-13

धनुषामा एक महिलाको हत्या गरेर शरीरको भागलाई टुक्रा-टुक्रा गरी फालेको आरोपमा श्रीमान् र जेठाजुलाई घटनाको ६ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिदनगर नगरपालिका- ७ नेमुवा टोलका ५५ वर्षीय सुदीप ठाकुर सोनार (महिलाका श्रीमान्) र ६० वर्षीय उदित ठाकुर सोनार (जेठाजु) रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले उनीहरूलाई घटनाको ६ महिनापछि आइतबार बिहान पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाले जानकारी दिए ।

गत कार्तिक १० गते ४५ वर्षीय रेखादेवी ठाकुर र उनको श्रीमान् ५५ वर्षीय सुदीप मात्रै घरमा रहेको अवस्थामा श्रीमान्-श्रीमतीबिच विवाद उत्पन्न भई झगडा हुँदा रिसको झोँकमा श्रीमानले बन्चरोको पछाडिको भागले १ बन्चरो टाउकोमा प्रहार गरेपछि श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको भोलिपल्ट श्रीमानले आफ्नै घरभित्र ५.५ फिट जति गहिरो खाल्डो खनी शवलाई खाल्डोमा पुरी घटनाको बारेमा आफ्नै सहोदर दाजु उदित ठाकुरलाई जानकारी गराई सो पश्चात् दुवै दाजु-भाइसँगै भारतमा काम गर्न गएका थिए ।

डिएसपी अवाका अनुसार लासको चिन्ताले काममा चासो नलागेपछि उनीहरू २० औँ दिनमा कार्तिक ३० गते दाजु-भाइसँगै घरमा आई शव गाडेको ठाउँमा गई हेर्दा गन्ध आइराखेकोले राति १२ बजेको समयमा खाल्डो खनेर खाल्डोबाट शव निकाली काटी टुक्रा-टुक्रा पारी २ वटा बोरामा राखेर १/१ बोरा दाजुभाइले बोकी शहिदनगर ७ नेमुवाटोल धबौली कट्टी सिचाईको पारी पूर्व कट्टी खोल्सीमा बोराबाट १/१ वटा टुक्रा निकालेर छरेर फालेका थिए ।

त्यस पश्चात् दुवै दाजुभाइ घरमा आई खनेको खाल्डोलाई पुरी सबै कोठाहरू राम्रोसँग लिपपोत गरी नुहाई धुवाई गरी साइकलबाट बहिनीको घर गई त्यहाँ साइकल राखेर ट्याम्पो समातेर भारतको जयनगर रेल्वे स्टेसन गएर रेल चढी दिल्ली गई भाडा बनाउने कम्पनीमा काम गर्न थालेका थिए ।

कम्पनीमा पनि काममा मन नलागे पछि दिल्लीबाट दुवै दाजुभाइ डेढ महिना पछि भारतको नेपाल बोर्डर छेउमा काठको काम गर्दै आएका थिए । यता, हत्याको करिब १ महिनापछि छोरा बुहारी घरमा पुग्दा घरमा ताल्चा लागेको थियो । आमा र बुवाको बारेमा गाउँ घरमा बुझ्दा छोरीहरूको घरमा गएको हुन सक्ने र पहिला पनि आमा बुवा छोरीहरूको घरमा सँगै बस्दै आएकोले घरको ढोका खोली हेर्दा घर लिपपोत गरेको देखिएपछि उनीहरूले प्रहरीलाई बोलाएका थिए ।

नयाँ लिपेको ठाउँमा खनेर हेर्दा केही फेला नपरे पछि बुवा आमा भारततर्फ भएको सोचेर उनीहरूले वास्ता नगरेको र प्रहरीमा पनि आमा बुवाको खोजतलासको लागि कुनै निवेदन नदिएको डिएसपी अवाले बताए ।

आइतबार बुवा र काकालाई सँगै भेट्दा मृतकको छोराले आमाको बारेमा सोध्दा केही नबोलेपछि शङ्काको आधारमा प्रहरीमा खबर गर्दा घटनाको बारेमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना स्थलबाट वारदातमा प्रयोग भएको बन्चरो र कोदालो बरामद गरेको छ भने शवको टुक्रा-टुक्रा बनाई फालेको ठाउँबाट मानव कङ्काल तथा हड्डीहरू फेला परेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >