पर्सामा ९ महिनामा सवारी दुर्घटनामा परी ३९ को मृत्यु,सबैभन्दा बढी मोटरसाइकल दुर्घटना

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
accident

पर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् ।चालु आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि गत चैत महिनासम्म ९ महिनाको अवधिमा जिल्लाका विभिन्नस्थानमा भएका ५ सय २९ वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो अवधिमा सबै भन्दा बढी ३ सय ७४ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै ९ महिनामा भएका सवारी दुर्घटनामा ५२६ जना घाइतेपनि भएका छन् । तीमध्ये गम्भीर घाइते ६५ जना र सामान्य घाइते ४६१ जना रहेको खतिवडाले जानकारी दिए।

यस्तै उक्त ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनलाई गरिउको कारबाहीबाट १ करोड ८७ लाख भन्दा बढी राजश्व संकलनपनि भएको खतिवडाले बताए ।

उनका अनुसार, ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १८ हजार ४ सय ८२ सवारी साधन कारबाहीमा परेको र जरीबाना बापत १ करोड ८७ लाख ७९ हजार ७ सय ५६ रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । कारबाहीमा पर्ने सवारीसाधन मध्ये सबैभन्दा बढी ८ हजार ३ सय २० वटा मोटरसाइकल रहेकोपनि उनले बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >