वीरगन्जको नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1714490060_nabil_bank-Nir-1200x560

नबिल बैंकको वीरगन्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी गर्ने एउटा समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई अहिले साँझसम्म ३ जनालाई नेपाल र एक जनालाई भारतमा नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन्। यो विषयमा पर्सा प्रहरीले केही बताएको छैन।

‘केही शंकित व्यक्तिहरु पक्राउ परेको सत्य हो हामी अनुसन्धान गर्दै छौ, सार्वजनिक गर्ने बेला भएको छैन’, पर्सा प्रहरीका एक अधिकृतले भने। ती अधिकृतका अनुसार चोरी गरेको सबै रकम भारतमा लगिसकिएको र उनीहरुमात्रै पक्राउ परेका हुन्। पक्राउ पर्ने जैसवाल रौतहट बुधरामका स्थायी बासिन्दा हुन्।

नबिल बैकबाट चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंक भित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको थियो। सो रकम बैङ्कले राखेको स्टिल दराजबाट चोरी भएको थियो।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार वीरगन्जको बसपार्कस्थित पार्क होटलमा छोटेलाल जैसवालको नाममा कोठा बुक गरेर उनीहरुले नबिल बैकमा चोरी गरेका थिए।

छोटेलाल काठमाडौँको न्यूरोडमा भएको एक चोरी काण्डमा पक्राउ परी भर्खरै जेलबाट बाहिर आएका व्यक्ति हुन्। फरार मध्येका एक जना अरुण कुमारको नाम खुलेको स्रोतले जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >