शिक्षिका निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालयमा शोक विदा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Untitled-design_20240513_093009_0000-860x721

शिक्षिका निधनको शोकमा आइतबार जीतपुरसिमराका निजी (संस्थागत) विद्यालयले शोक विदा दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका १४ रजघट्टास्थित साना किसान शिक्षा सदन विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदै आएकी करिब १९ वर्षीया दीक्षाको शनिबार साँझ निधन भएको हो । उनको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

विद्यालयले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा दिनभर सहभागी भएर घर फर्किएकी दीक्षा साँझ मृत भेटिएकी हुन् ।
विद्यालयका संचालक अध्यक्ष विदुर खड्काका अनुसार ट्युसन पढ्न आउने विद्यार्थीले झुण्डिएको अवस्थामा देखेपछि अन्यलाई खबर गरेका थिए ।

पढाईमा अब्बल दीक्षाले साँझको समयमा ट्युसन पढाउथिन् ।नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट यसै वर्ष कक्षा १२ को परीक्षा दिएकी दीक्षा विज्ञान विषयको उत्कृष्ट विद्यार्थी थिईन् ।

सामान्य परिवारकी उनि विद्यालयका शिक्षकहरुको आग्रहपछि तीन दिनदेखि विद्यालयमा पढाउन थालेकी थिईन् ।विद्यालयको कार्यक्रममा रमाउँदै फोटो र भिडियो समेत खिचेकी उनि सबैसंग खुशी हुँदै छुट्टिएकी थिईन् ।

तर उनि घर फर्केको केही घण्टापछि मृत्युको दुःखद् खबर आएको विद्यालयका अध्यक्ष खड्काले बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >