सरोज यादव नेतृत्वको मधेस सरकार पर्‍यो अल्पमतमा एमाले नेतृत्वमा नयाँ सरकार गठन हुने सहमत

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
441075496_1035146798059377_5304250370185094948_n

जनता समाजवादी पार्टीका सरोज कुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ ।

सत्ता गठबन्धनका दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्रले सर्मथन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा दिएपछि यादव नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो ।

यी दुई दलले सर्मथन फिर्ता लिएपछि अल्पमतमा परेको प्रदेश सरकारमा नयाँ गठबन्धन सहित अर्को सरकार निर्माण हुने भएको छ ।

एमालेका मन्त्रीहरु सरोजकुमार यादव,राजकुमार लेखी,सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामापत्र बुझाएका थिए् ।

यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेस सरकारबाट राजीनामा दिइसकेका थिए ।

एमाले,माओवादीले अर्को सरकार निर्माण गर्न अन्यदलहरुसंग कसरत थालेका छन । लोसपा र जनमतसंग उनीहरुले नयाँ सरकार गठन गर्न छलफल शुरु भएको छ ।

प्राप्त जानाकारी अनुसार सम्बभवत सोमबार नयाँ सरकार गठनका लागि दावी पेशगर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेशगर्ने सहमति भएको छ। एमाले नेतृत्वमा सरकार बन्दा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्नेछन ।

नयाँ सरकार गठनका लागि सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने जनाईएको छ । मधेश प्रदेश सभामा १०७ साँसद छन् ।

नयाँ सरकार बनाउन मात्र ५४ साँसद आवश्यक पर्छ । एमाले,माओवादी लोसपा र जनमत सरकारका दावी पेश गर्न लागेका चार दलसँग ५५ साँसद छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >