जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा बस पल्टिँदा ३२ जना घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Bus_IYxmUuQLuW

 जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा पल्टिएको छ। 

शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस  पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो।  

अचानक बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल प्राली र सिभिल हस्पिटल प्रालीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घाइते मध्ये सबैको अवस्था सामान्य रहेको छ। बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ७ का राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >