पर्साकाे सिडिओ कार्यालयका अधिकृतकाे गाेली हानी हत्या गर्ने कुख्यात अपराधी गिरी १६ बर्षपछि पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240520_195958492-scaled

वीरगन्ज,०७ जेष्ठ: १६ बर्ष पहिले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन अधिकृतकाे गाेली हानी हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा पर्साकै सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ बलुवाका ७२ बर्षिय प्रेम गिरी रहेका छन्।

पक्राउ परेका गिरीले २०६५ असाेज २२ गते जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ बर्षिय माेहन प्रसाद मैनालीकाे गाेली हानी हत्या गरेका थिए। त्यस अघि २०५७ भदाै १२ गते पर्साकै विन्दबासिनी गाँउपालिका ४ का ३० बर्षय देवेन्द्र यादवकाे घरमा डकैती गर्ने क्रममा गिरीसहितकाे डाँका समुहले यादवकाे पनि गाेली हानी हत्या गरेका थिए। मैनाली र यादवकाे हत्या गर्ने गिरी हातहितयार तथा खरखजाना मुद्दाका पनि फरार अभियुक्त रहेका थिए।

दुई व्याक्तिकाे हत्या, डाँका मुद्दा र हातहितयार तथा खरखजाना मुद्दामा अदालतबाट दाेषी ठहर भई सजाय समेत ताेकिसकिएका गिरी भारतकाेपनि विभिन्न स्थानमा भएका हत्या,चाेरी,डँकैती लगायतका अपराधिक कृयाकलापमा संलग्न थिए।लामाे समयदृखि नेपाल प्रहरीको सर्वाधिक खाेजी (माेस्ट वान्टेड) काे सुचीमा रहेका गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेकाे हाे।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार खटिएको प्रहरी टाेलीले बलुवास्थित आफ्नै घरमा लुकि छिपी बसेकाे अवस्थामा गिरीलाई पक्राउ गर्न सफल भएकाे प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

पक्राउ गरिएका गिरीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर उनि विरुद्ध पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लई थप अनुसन्धान गरिरहेकाे थापाले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >