गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो मसाल जुलुस

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
tarun-dal-Protest-@battisputali1-1024x683

७ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरूण दलले मसाल जुलुस निकालेको छ ।

सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्‍म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरूण दल काठमाडौंले मसाल जुलुस निकालेको हो ।

साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको तरूण दल काठमाडौंका सचिव दिनेश विक्रम शाहले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘गृहमन्त्री ज्‍यूको सहकारीमा ठगी गर्नु भएको कागजात नै सार्वजनिक भइसकेपछि पनि कारबाही नगर्नुले सरकार सहकारी ठगहरूको संरक्षण गरिरहेको अनुभूति भइरहेको छ। सहकारी ठगलाई सरकारले नै जोगाएर राखेको छ । त्यसकारण गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ, नभए काठमाडौंको विभिन्‍न ठाउँमा आन्दोलन हुन्छ। ‘

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >